निर्वाचनका लागि नयाँ दल दर्ताको समय आज सकिँदै

ई-झापा संवाददाता
16 November, 2025 1:07 pm

काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन नजिकिँदै गर्दा नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समयसीमा आज अन्त्य हुँदैछ।

निर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दलहरूले आवश्यक सबै कागजातसहित आजभित्रै दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। आयोगले यसअघि नै सबै दललाई समयमै तयारी गर्न आग्रह गर्दै दर्ता अवधि सार्वजनिक गरेको थियो।

निर्वाचन तयारीलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले आयोगले सामान्य दर्ता समयसीमासँगै निर्वाचन प्रयोजनका लागि छुट्टै समयसीमा समेत तोकेको छ। आयोगका अनुसार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन दलहरूले मंसिर १० गतेभित्र दर्ता प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।

दर्ता प्रक्रियामा ढिलाइ भए निर्वाचनमा सहभागितामै असर पर्न सक्ने भन्दै आयोगले सबै दललाई तोकिएको समयसीमाभित्र दर्ता सुनिश्चित गर्न आग्रह गरेको छ।