वृद्धाश्रममा स्वास्थ्य परीक्षण र सामग्री वितरण गर्दै लायन्स क्लबले मनायो विश्व मधुमेह दिवस

ई-झापा संवाददाता
15 November, 2025 6:13 pm

प्रकाश बानियाँ , बिर्तामोड। लायन्स क्लब अफ बिर्तामोड सिटीले विश्व मधुमेह दिवस तथा क्लबका फर्स्ट भाइस प्रेसिडेन्ट लायन संजय चौधरीको जन्मदिनको अवसरमा शुक्रबार बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रले सञ्चालन गरेको वृद्धाश्रममा पुगेर वृद्ध–वृद्धाहरूको स्वास्थ्य जाँच गर्दै खाद्यान्न र न्यानो कपडा वितरण गरी सेवा गतिविधि सम्पन्न गरेको छ।

कार्यक्रमकाे अध्यक्षता क्लबका अध्यक्ष राजकुमार गुप्ताले गर्नु भएको थियो भने वरिष्ठ मुटु तथा मधुमेह रोग विशेषज्ञ डा. सि.पी. यादव प्रमुख अतिथि रहनु भयो।

कार्यक्रममा छठ समाज सेवा समितिकी अध्यक्ष संगिता रौनियार, पूर्व अध्यक्ष प्रेमचन्द चौधरी, देवेन्द्र सिंह, सल्लाहकार निर्मल कुमार पाण्डे, लायन्स क्लब 325C की जोन चेयरपर्सन पार्वता गिरी, क्लबका डिस्टिक मार्केटिङ अफिसर तथा चार्टर प्रेसिडेन्ट लायन निरज ओली, क्लबका निवर्तमान अध्यक्ष उपेन्द्र बानियाँसहित अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य परीक्षणमा सहभागिहरूका रक्तचाप, चिनी, मुटुको अवस्था जाँच गरिएको थियो। साथै, वृद्धाश्रममा रहेका आमाबुबालाई खाद्यान्न, फलफूल र न्यानो कपडासमेत वितरण गरिएको क्लबले जनाएको छ।

लायन्स क्लब अफ बिर्तामोड सिटीले समाजसेवा, स्वास्थ्य, शिक्षा र मानविय सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।