दुहबीबाट १०७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ
प्रकाश बानियाँ
15 July, 2026 6:24 pm

सुनसरी। सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीबाट प्रहरीले १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका–१ निवासी २५ वर्षीय जमालउद्दीन मिया र सोही स्थानका २५ वर्षीय इमदाद मिया रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
