वडा स्तरीय फुटबलको फाइनल आज, ८ र १ बिच उपाधि भिड्न्त

ई-झापा संवाददाता
31 May, 2026 12:26 pm

झापा । झापाको अर्जुनधारामा जारी वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ८ र वडा नम्बर १ बिच प्रतिस्पर्धा हुँदैछ ।


अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा हुने भिडन्तमा उपाधिका लागि दवै टोली मैदानमा उत्रने छन् ।
प्रतियोगितामा बलियो लयमा रहेको वडा नम्बर ८ संग उत्कृष्ट प्रदर्शन गरिहेको वडा नम्बर १ ले फाइनलमा खेल्ने भएपछि दर्शकहरुको समेत उल्लेख्य उपस्थिति रहने देखिएको छ ।


प्रतियोगिताको फाइनल समारोह ठिक ३ बजे सुरु हुने आयोजकले जानएको छ ।


प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछन् ।
फाइनल खेलका अवसरमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक तथा उदयीमान खेलाडीलाई समेत विद्यागत पुरस्कार प्रदान गरिने समितिका सदस्य सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
अर्जुनधारा–९ को गोलधाप युवा क्लब प्रतियोगिताको सह–आयोजक रहेको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालका अनुसार वडा स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्दै नगरस्तरीय टोली निर्माणका लागि खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो