नेपालिंक कम्युनिकेशनको ८ औँ वार्षिकोत्सव : विशेष अफर र इन्टरनेट सुरक्षा सचेतना कार्यक्रम

ई-झापा संवाददाता
11 March, 2026 7:29 pm

प्रकाश बानियाँ , झापा । पूर्वी नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको नेपालिंक कम्युनिकेशन प्रा.लि. ले आफ्नो ८ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउने भएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) अर्जुन उप्रेती, कर्पोरेट निर्देशक युवराज चापागाईं तथा अकाउन्ट प्रमुख विनमको उपस्थिति रहेको थियो।पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका कर्पोरेट निर्देशक युवराज चापागाईंले नेपालिंक कम्युनिकेशनको स्थापना करिब २३ वर्षको उमेरमा रहेका चार जना साथीहरू मिलेर गरेको जानकारी दिएका थिए।

कम्पनीले सुरुवाती चरणमा वायरलेस इन्टरनेट सेवा प्रदान गर्दै आफ्नो यात्रा सुरु गरेको थियो। त्यसपछि करिब तीन वर्षपछि फाइबर इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकहरूलाई अझ छिटो र भरपर्दो इन्टरनेट उपलब्ध गराउँदै आएको छ।कम्पनीका अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गर्दै हाल 5G राउटरमार्फत ग्राहकहरूलाई स्थिर, प्रभावकारी र उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइँदै आएको छ। हाल नेपालिंक कम्युनिकेशनले इलाम, झापा, मोरङ र पाँचथर जिल्लामा कर्पोरेट तथा घरेलु ग्राहकहरूलाई इन्टरनेट सेवा प्रदान गरिरहेको छ।

८ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ८ दिनसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। यस अवसरमा ग्राहकहरूका लागि “मेगा ८ सेल” नामक विशेष अफर सार्वजनिक गरिएको छ। उक्त योजनाअन्तर्गत रु. ८,८८८ मा १८ महिनाको नयाँ इन्टरनेट जडान उपलब्ध गराइनेछ। कम्पनीका अनुसार यो अफर ८ दिनसम्म मात्र लागू हुनेछ। साथै, यस अवधिमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म नयाँ जडान सेवा उपलब्ध गराइनेछ।

वार्षिकोत्सव कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रशंसा पत्र वितरण गर्ने कार्यक्रम आयोजना गर्ने साथै सुरक्षित इन्टरनेट प्रयोगबारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न विद्यालयहरूमा इन्टरनेट सेक्युरिटी सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) अर्जुन उप्रेतीले जानकारी दिनुभयो ।

नेपालिंक कम्युनिकेशनले विगत ८ वर्षदेखि ग्राहकहरूले देखाएको विश्वास, सहयोग र साथप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अझ गुणस्तरीय, भरपर्दो र आधुनिक इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।