आरती लिम्बु श्रेष्ठको नेतृत्वमा लायन्स क्लब अफ बिर्तामोड लेडीको नयाँ कार्यसमिति पदस्थापन

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड लेडीको छैटौँ पदस्थापन (इन्डक्सन एण्ड इन्स्टलेसन) कार्यक्रम शुक्रबार बिर्तामोडमा सम्पन्न भएको छ। कार्यक्रममार्फत सन् २०२५ को कार्यसमितिले सन् २०२६ का लागि निर्वाचित अध्यक्ष आरती लिम्बु श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेको हो।
कार्यक्रममा सन् २०२५ की अध्यक्ष इन्दिरा खरेलले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई लायन्स चेन हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पिनुभएको थियो। प्रमुख अतिथि तथा इन्स्टलिङ अफिसर लायन्स इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ सिका डिस्ट्रीक्ट गभर्नर बबरजंग थापाले गन ग्याभल हस्तान्तरण गर्दै नयाँ कार्यसमिति पदस्थापन भएको घोषणा गर्नुभयो।

कार्यक्रममा जुनियर सङ्गठन लियो क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष रक्षा खरेललाई समेत पदस्थापन गराइएको थियो। उक्त क्लबको सन् २०२५ को नेतृत्व दीक्षा कडरियाले गर्नुभएको थियो।
कार्यक्रमका अवसरमा क्लबलाई निरन्तर सहयोग र अभिभावकत्व प्रदान गरेको भन्दै लायन्स क्लब अफ बिर्तामोड सिटीका चार्टर्ड प्रेसिडेन्ट निरज ओली तथा पूर्व अध्यक्ष सत्यनारायण शर्मालाई सम्मान गरिएको थियो।

समारोहमा सेकेन्ड भाइस डिस्ट्रीक्ट गभर्नर रमेश खत्री, क्याबिनेट सेक्रेटरी नेत्र चम्लागाईं, चिफ एडभाइजर उदयनारायण बराल, डिस्ट्रिक्ट चिफ मनोज बानियाँ , पिआरओ सत्यनारायण शर्मा, डिस्ट्रीक्ट चिफ मनोज बस्नेत तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिको अध्यक्षमा आरती श्रेष्ठ रहनुभएको छ भने फस्ट भाइस प्रेसिडेन्ट दुर्गा देवी पौडेल, सेकेन्ड भाइस प्रेसिडेन्ट सिस शाह, थर्ड भाइस प्रेसिडेन्ट संगीता चिमरिया, सेक्रेटरी सीता ढकाल खरेल, ट्रेजरर दुर्गा देवी खरेल तथा जोइन्ट सेक्रेटरी मुना पौडेल रहनुभएको छ।
बोर्ड अफ डाइरेक्टरमा सुनिता उप्रेती, अम्बिका मैनाली र कल्पना बानियाँ चयन हुनुभएको छ। सदस्यहरूमा उमा शाह, मिल्टु राजभण्डारी, इन्दिरा भण्डारी बिमली, तारा उप्रेती तथा शान्ति शर्मा रहनुभएको छ।
त्यसैगरी पूर्व अध्यक्षहरू दुर्गा पाठक थपलिया, नम्रता रिजाल ढकाल तथा निरु उप्रेतीको समेत कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक अगुवा, व्यवसायी तथा लायन्स सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

