एक दिने लोक सेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम विर्तामोडमा सम्पन्न

प्रकाश बानियाँ
20 December, 2025 11:48 am

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा एक दिने लोक सेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

शुक्रबार सी पी पार्टी प्यालेस विर्तामोडको सभा हलमा विद्यार्थीहरुलाई निजामति सेवा तर्फ उत्प्रेरित गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बताउनुभयो ।

प्रतिष्ठानको कार्ययोजना अनुसार देशका ७ वटै प्रदेशको सहजताका लागि जिल्ला व्यापी अभियान संचालन गर्दै आदिवासी जनजाति समुदायका विद्यार्थी लक्षित निशुल्क अनलाईन लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष गुरुङले बताउनुभयो ।कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दिपेन्द्र पाण्डेले प्रशिक्षण गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा स्थानीय तहमा कार्यरत अधिकृतहरु, तेजेन्द्र तामाङ , सरिता तामाङ, साजन साम्पाङ राई, रमेश मगर, कुल प्रसाद ताजपुरिया, अशोज ताजपुरिया लगाएतले सहभागी विद्याथीहरुलाई आफना अनुभव साट्दै निजामति सेवा प्रवेशका आधारभूत विषयमा सहजिकरण गर्नुभएको थियो ।

झापा जिल्लाका आदिवासी जनजाति समुदायका २३ जातजातिका २०० जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका योजना अधिकृत दिवस राईले गर्नुभएको थियो ।विद्यार्थीहरुले निशुल्क लोक सेवा तयारी कक्षामा भर्ना हुन नेफिनको बेवसाइट लषष्ल।नयख।लउ मा गएर आफ्नो योग्यता अनुसार कागजात पेश गरी अबको १ साता भित्र फाराम भर्न सक्नेछन् ।