भद्रपुरमा कुर्सीबाट लडेर ६ वर्षीय बालकको मृत्यु
ई-झापा संवाददाता
16 November, 2025 1:41 pm

बिर्तामोड, कात्तिक ३० । झापाको भद्रपुरमा कुर्सीबाट लडेर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर २ गौरीशंकर बस्ने ध्रुव राईका छोरा ६ वर्षीय आयन राई रहेका छन् ।
हिजो साँझ सवा ५ बजे आफ्नै घरको आँगनमा खेल्ने क्रममा आयन कुर्सीबाट लडेर अचेत भएका थिए । उनका बुबाले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।बालकको भवितव्यले मृत्यु भएको भन्दै मृतकका बुवाले पोस्टमार्टम गर्न नदिई आवश्यक समन्वय गरी शव बुझेर लगेको प्रहरीले जनाएको छ ।