राष्ट्रिय सङ्कट समाधानका लागि ऐतिहासिक वाम एकता : प्रचण्ड
ई-झापा संवाददाता
5 November, 2025 7:15 pm
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट समाधानका लागि वामपन्थी र देशभक्त शक्तिबीच ऐतिहासिक एकता भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित १० वामपन्थी घटकबीच भएको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै संयोजक दाहालले देशमा उत्पन्न सङ्कट समाधानका लागि संयुक्त अभियान सुरु गरिएको बताए।
“पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ,” उनले भने।
विगतका कमजोरी सच्याउने आवश्यकता औंल्याउँदै उनले पार्टी नेता तथा कार्यकर्ताको सुझावका आधारमा संगठन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
दाहालले कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण गर्ने अभियान अघि बढाइने उल्लेख गर्दै राष्ट्र र लोकतन्त्रको रक्षाका लागि कम्युनिस्ट, लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।
“नेपाली कम्युनिस्ट पार्टीलाई देशको नम्बर एक शक्ति बन्न कसैले रोक्न सक्दैन,” उनले दाबी गर्दै देशभर एकता घोषणा अभियान र चुनावी तयारी अघि बढाइने जानकारी दिए।
उनका अनुसार आजको दिन कम्युनिस्ट आन्दोलनको इतिहासमा अविस्मरणीय बन्नेछ। उनले भने, “संभवतः पहिलोपटक १० वाम घटकहरू एकैसाथ मिलेर एकतामा आएका छन्, जुन वैचारिक सङ्घर्ष पार गरेका नेताहरूबीचको साँच्चै अभूतपूर्व क्षण हो।”