कन्याममा लायन्स क्लब अफ बिर्तामोड सिटीको नयाँ नेतृत्व पदस्थापन, राजकुमार गुप्ता अध्यक्षमा

इलाम । लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम इलामको पर्यटनस्थल कन्याममा सम्पन्न भएको छ। आइतबार साँझ होटल केभिसीमा आयोजित समारोहमार्फत वर्ष २०२५–२६ का लागि नयाँ
कार्यसमितिको पदस्थापन गरिएको हो।लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का गभर्नर लायन बबरजंग थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नयाँ अध्यक्ष लायन राजकुमार गुप्ता नेतृत्वको समितिलाई शपथग्रहण गराइएको थियो।नयाँ समितिमा प्रथम उपाध्यक्ष लायन संजय चौधरी, द्वितीय उपाध्यक्ष लायन प्रकाश पुरी, तृतीय उपाध्यक्ष लायन लक्ष्मण खड्का (प्रेम), सचिव लायन दीपक साफी, सहसचिव लायन राजकुमार शाह, उपसचिव लायन नरेश शाह र कोषाध्यक्ष लायन शंकर भगत चयन भएका छन्।

त्यसैगरी सह–कोषाध्यक्ष जे.पी. सोनी , जनसम्पर्क अधिकृत मनोज चौधरी, टेल–ट्विस्टर मनोज रौनियार, टेमर वरुण जैसवाल र निर्देशकहरूमा कमल भट्टराई तथा कमल थापा रहेका छन्।वर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानीयाँको अध्यक्षतामा भएको कार्यक्रममा २०२५–२६का अध्यक्ष र पदाधिकारीसहित सिंगो टिमलाई प्रमुख अतिथि ३२५‘सी’ का गभर्नर थापाले पदस्थापन गराउनु भएको थियो । उहाँले समितिलाई शपथग्रहण समेत गराउनु भयो ।

कार्यक्रममा वर्ष २०२४–२५ का अध्यक्ष उपेन्द्र बानियाँले वर्ष २०२५–२६का अध्यक्ष राजकुमार गुप्तालाई पद हस्तनान्तरण गर्नुभयो ।पदस्थापनपछि स्वरीकारोक्ति मन्तव्य राख्दै अध्यक्ष गुप्ताले वर्ष २०२५–२६ मा क्लब सामाजिक कार्यमा सक्रिय रहने बताउनुभयो । लायन्सले समाजमा गरिरहेको सामाजिक कार्यलाई थप सक्रियताकासाथ अगाडी बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअघि आफ्नो मन्तव्य राख्दै बर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानियाँले आफ्नो कार्यकालमा भए गरेका कामहरुको जानकारी गराउनुभएको थियो । उहाँले आफ्नो कार्यकालमा सहिद नेत्र पार्कमा फलफुलका बिरुवा बितरण, बृहत्त रत्तदान, अम्बर आ.वि.मेचीनगर १२ मा पंखा बितरण, अर्जुनधाराधाममा खाद्यान्य तथा पानी बितरण, बिर्तामोड–४ को बृद्धा आश्रममा खाना तथा फलफुल प्रदान, नेपाल लायन्स डे र चार्टर डे उत्सवमा कार्यक्रम, बिर्तामोड–९ मा असत्तलाई ३ थान हवील चियर बितरण, ट्राफिक प्रहरीलाई सिग्नल वोर्ड प्रदान तथा मिनि सेफ्टी बेल्ट हस्तानतरण, अपांङ्ग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारामा प्लास्टिक कुर्सी, सरसफाई सामाग्री र खाद्यान्य बितरण लगायतका २५ वटा कार्यक्रमहरु आफ्नो कार्यकालमा सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का गभर्नर लायन बबरजंग थापा, फस्ट भि.डि.सी लायन लिला चिमरीया, सेकेन्ड भि.डि.सी लायन रमेश खत्री, डिस्ट्रिक्ट चिफ तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्ष नीरजकुमार ओली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर तथा मल्टीपल काउन्सील चियर पर्सन इन्द्र खत्री (राजन) लाई बर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानियाँले सम्मान गर्नुभएको थियो ।

बानियाँले आफ्नो कार्यकाल सफल बनाउन गरेको सहयोगको प्रशंसा गर्दै सम्पूर्ण टिमका सदस्यहरुलाई समेत प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी नेत्र चौलागाई, एरिया चिफ डम्बरबहादुर थापा, रिजन चियर पर्सन पार्वता गिरी, जोन चियर पर्सन सर्मिला दंगाल जोसी, संस्थापक अध्यक्ष निरज ओली, पूर्व अध्यक्षहरु धनश्याम चौधरी, रामेश्वर द्विवेदी लगायतको आतिथ्य थियो ।क्लबमा आवद्ध भएका नयाँ लायनहरुलाई सदस्यता समेत बितरण गरिएको थियो ।

कार्यक्रमको संचालन निवर्तमान सचिव तथा वर्तमान त्रितृय उपाध्यक्ष लक्षुमण खड्का(प्रेम)ले गर्नुभएको थियो । वर्ष सन् २०१७–१८ मा स्थापना भएको लायन्स क्लब अफ बिर्तामोड सिटीमा आवद्ध विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।