फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार मैदानमा

ई-झापा संवाददाता
23 January, 2026 8:53 pm

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा देशभरबाट ३ हजार ४०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार उम्मेदवारी दिनेहरूमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्यतर्फ १ जना उम्मेदवार रहेका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ र अब निर्वाचन प्रक्रिया थप सक्रिय चरणमा प्रवेश गर्नेछ।